साहित्यकार राजेन्द्र पराजुलीको निधन

साहित्यकार राजेन्द्र पराजुलीको निधन

केन्द्रबिन्दु
0
Shares

साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निमोनियका कारण आज ५९ वर्षकाे उमेरमा निधन भएको छ। उनलाई गएराति छातिमा समस्या भएपछि ललितपुरको ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा भर्ना गरिएको थियो। 

सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। पराजुलीको निधनपछि भारतको गोवामा रहेका उनका छोरा स्वदेश फर्कदै छन्। उनको आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिने जनाइएको छ।

आर्थिक मामिलासम्बन्धी पत्रकारिता र सम्पादनमा दख्खल राख्ने पराजुलीका ‘जन्तरमन्तर’ ‘अघोरी’, ‘कोटेश्वरको केटो’,‘शुक्रराज शास्त्रीको चश्मा’, ‘अनायिका’,‘सपनामा माक्र्स्’,‘जाडोमा भोक’,‘भ्रष्ट संवेदना’,‘विकल्प’, ‘यात्रा’लगायतका कृति प्रकाशित छन्।

Skip This
Skip This
Logo