काठमाडौँ महानगरद्वारा पुलमुनि फोहोर फाल्ने १९ जनालाई जरिवाना

काठमाडौँ महानगरद्वारा पुलमुनि फोहोर फाल्ने १९ जनालाई जरिवाना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिका-३२ स्थित बालकुमारीमा रहेको आकाशे पुलमुनि रातको समयमा फोहोर फाल्ने १९ जनालाई महानगरले जरिवाना तिराएको छ।

महानगरपालिकाको नगर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जरिवाना तिराएको हो। जरिवानाबापत उनीहरूबाट ५० हजार ५ सय रुपैयाँ असुलिएको महानगरले जनाएको छ।

स्थानीयको गुनासोपछि महानगर प्रहरीले सोमबार राति सो क्षेत्रमा छड्के अनुगमन गरेको थियो। सो क्रममा उनीहरूलाई नियन्त्रणपछि जरिवाना तिराएर छाडिएको महानगरले जनाएको छ।

Logo