रामेछापको सुनापतिमा बस दुर्घटना, दुई जना गम्भीर घाइते

रामेछापको सुनापतिमा बस दुर्घटना, दुई जना गम्भीर घाइते

केन्द्रबिन्दु
0
Shares

रामेछापकाे सुतापति गाउँपालिका–३ देउसी चौतारोमा बुधबार बिहान भएको बस दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्।
रामेछापकै दोरम्बा शसैलुङ गाउँपालिका–५ रजमनटारबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनामा परेको हो।  

दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई उपचारको लागि काठमाडौँ पठाइएको सुनापति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चिनीमाया बलले जानकारी दिए। 

बा ३ ख ५९६० नं को सो बस सडक किनारमा पल्टिएको छ। बसमा २५ बढी यात्री सवार थिए। गम्भीर बिरामीलाई एम्बुलेन्समा पठाइएको र अन्य बिरामीलाई गाउँपालिकाको गाडीमा पठाउने तयारी भइरहेको बलले जानकारी दिए। 

Skip This
Skip This
Logo