न्यूयोर्कमा परराष्ट्रमन्त्री साउदको स्वागत

न्यूयोर्कमा परराष्ट्रमन्त्री साउदको स्वागत

केन्द्रबिन्दु
0
Shares

नेपाली जनसम्पर्क समिति अमेरिकाले परराष्ट्रमन्त्री एनपी साउदको स्वागत गरेको छ। 

संयुक्त राष्ट्रसंघ (यूएन)को ७८औं साधारण सभालाई सम्बोधन गर्न अमेरिका पुगेका साउदलाई स्थानीय समय अनुसार मंगलबार राति ११:३० मा एयरपोर्ट पुगेर स्वागत गरिएको नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्टले बताए।

मन्त्री साउदलाई स्वागत गर्न संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि लोकबहादुर थापा, नेपाल कान्सुलेटका प्रतिनिधी, जनसम्पर्कका पदाधिकारी एवम् नेपाली समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियाे।

महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्ने कार्यसूची रहेको छ। 

प्रधानमन्त्रीले आफ्नो भ्रमणका बारेमा  राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुसँग छलफल गरिसकेका छन्। न्युयोर्कमा रहेको यूएनको मुख्य कार्यालयमा बुधबारदेखि महासभा सुरु हुँदैछ।

Skip This
Skip This
Logo