राजेन्द्र लिङ्देनकाे दाबी- एक थोपा रगत नबगाई सिंहदरबार घेरेर आफ्नो मान्यता स्थापित गर्छाैँ

राजेन्द्र लिङ्देनकाे दाबी- एक थोपा रगत नबगाई सिंहदरबार घेरेर आफ्नो मान्यता स्थापित गर्छाैँ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक थोपा रगत पनि नबगाई सिंहदरबार घेरेर आफ्नो मान्यता स्थापित गर्ने चेतावनी दिएका छन्। 

बुधबार काठमाडौंमा आयोजित  उपत्यका केन्द्रीत विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले हिंसालाई प्रोत्साहन गर्न खोजिरहेको छ भन्ने आरोप गलत भएको दाबी गर्दै एक थोपा रगत पनि नबगाई सिंहदरबार घेरेर आफ्नो मान्यता स्थापित गर्ने बाटोमा लागेको बताएका हुन् । 

उनले भने,‘राप्रपाले कहिलेकाँही हिंसालाई प्रोत्साहन गर्न खोजिरहेको छ भन्छन् । कहिले सरकारमा बसेका व्यक्तिहरुले व्यक्तिगत रुपमा भेटेको बेला पनि भन्छन् । राप्रपा हिंसामा विश्वास गर्दैन् । शान्तिपूर्ण दबाबबाट आफ्नो मान्यताहरु स्थापित गर्न सक्छ । एक थोपा रगत पनि नबगाई यो सिंहदरबारलाई घेरेर आफ्नो मान्यता स्थापित गर्न सक्छौं त्यो बाटोमा छ ।’

अध्यक्ष लिङ्देनले धार्मिक द्वन्द्व निम्त्याउनका लागि मात्रै मुलुकलाई धर्म धर्म निरपेक्ष घोषणा गरिएको आरोप लगाए  । 

Skip This
Skip This
Logo