हृदयघातका कारण भारतमा एक नेपाली मजदुरको मृत्यु

हृदयघातका कारण भारतमा एक नेपाली मजदुरको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बैतडीका सुरेन्द्र साउँदको भारतमा मृत्यु भएकाे छ । 

रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँड घर भएका अन्दाजी २८ वर्षीय साउँदको मंगलवार निधन भएको उनका आफन्तसमेत रहेका नेपाली कांग्रेस बैतडीका सहसचिव दशरथ चाडले बताए ।

गएको चार/पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका साउँदको हृदयघातका कारण निधन भएको हाे । मंगलबार एक्कासी ढलेका साउँदलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक साउँदका एक छोरी र श्रीमती रहेका छन्। उनीहरू पनि दिल्लीमै रहेका छन्।

Logo