काठफोर्ड इन्टरनेसनल कलेज अफ ईन्जिनीयरीङ्ग एण्ड म्यानेजमेन्टमा अध्ययन गर्ने विद्यार्थीले अबदेखि बीबीए प्लस र बीबीएम प्लस पढ्न पाउने भएका छन् । नेपालमा नै पहिलोपटक कलेजले बीबीए प्लस र बीबीएम प्लसको कार्यक्रम सुरुवात गरेको हाे ।
मंगलबार कलेजले एक विशेष समारोहका बीच उक्त कार्यक्रमको उद्घाटन गरेको हो ।
नेपालमा नै पहिलोपटक कलेजले बीबीए प्लस र बीबीएम प्लसको कार्यक्रम सुरुवात गरेको हाे ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डिन प्रोफेसर डा. डिल्लीराज शर्माले राम्रो नेतृत्व निर्माणका लागि पनि नयाँनयाँ कार्यक्रम लन्च हुनुपर्ने बताए । उनले नेपाली विद्यार्थीहरु विदेश पढ्न जादा कम्तिमा पनि स्नातकसम्मको पढाइसँगै केही सिप पनि सिक्नुपर्ने औंल्याए ।
उनले विद्यार्थीहरुलाई लिडर गर्न सक्ने क्षमता कलेजले प्रदान गर्नुपर्ने बताए ।
प्रिन्सिपल डा. रोशन पोखरेलले डिजिटल व्यवसायिक क्षेत्रका लागि विद्यार्थीहरुलाई तयार पार्न बीबीए प्लस र बीबीएम प्लसको भूमिका निर्णायक रहेको बताए ।
कार्यक्रममा प्रिन्सिपल डा. रोशन पोखरेलले डिजिटल व्यवसायिक क्षेत्रका लागि विद्यार्थीहरुलाई तयार पार्न बीबीए प्लस र बीबीएम प्लसको भूमिका निर्णायक रहेको बताए । उनले प्रविधिमूखी विश्वमा सफल हुन आवश्यक शीप र ज्ञानबाट विद्यार्थीहरुलाई यी विषयहरुले सामर्थ्यता प्रदान गर्ने प्रष्ट पारे ।
कलेजका व्यवस्थापन विभागका विभागीय प्रमुख रोशन थापाले बीबीए प्लस र बीबीएम प्लस कार्यक्रमको बारेमा थप जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा व्यवस्थापन संकायको नयाँ विशिष्ट पाठ्यक्रम र यसले समाविष्ट गरेका आधुनिक विषयहरु जस्तै तथ्याङ्क विश्लेषण, क्लाउड प्रविधि, डिजिटल मार्केटिङ, वित्तिय विश्लेषण र परियोजना व्यवस्थापनको बारेमा जानकारी गराएका थिए ।
त्यस्तै, नेपाल बैंक लिमिटेडका सहायक सिइओ मनोज ज्ञवालीले हातमा सर्टिफिकेट भन्दा पनि मानिसमा क्षमता हुनुपर्ने बताए । पढाई मात्रैले भन्दा पनि उसले सिकेको सिप र क्षमताको आधारमा व्यक्तित्व विकास हुने बताए ।
कार्यक्रममा व्यवस्थापन संकायका डिन प्रोफेसर डा. डिल्ली राज शर्मा, त्रिभुवन विश्वविद्यालय कार्यकारी समिती सदस्य प्रोफेसर डा. महानन्द चालिसे, ईसेवाका सिइओ जगदीश खड्का, नेपाल बैंक लिमिटेडका सहायक सिइओ मनोज ज्ञवाली र प्राज्ञिक र औद्योगीक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।































प्रतिक्रिया