अटोरिक्सा दुर्घटनामा दुई जनाको मृत्यु

अटोरिक्सा दुर्घटनामा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको प्रहरी निरीक्षक नायकले बताए।  अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुलेको छैन। 

Skip This
Skip This
Logo