आज सेयर बजार,बैंक र वित्तीय संस्था पनि बन्द हुने

आज सेयर बजार,बैंक र वित्तीय संस्था पनि बन्द हुने

केन्द्रबिन्दु
0
Shares

सेयर बजार बिहीबार बन्द हुने भएको छ। आज बिहीबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङ अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि बुधबार नेप्से सूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा अडिएको छ।बिहीबार सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन्।

नेम्वाङले संविधान निर्माणका क्रममा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गरेको छ। 

Logo