भक्तपुरकाे स्कुलमा मनाइयाे बुबाकाे मुख हेर्ने कार्यक्रम

भक्तपुरकाे स्कुलमा मनाइयाे बुबाकाे मुख हेर्ने कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

आ-आफ्ना बुबाको सम्मानमा भक्तपुरको एउटा स्कुलका विद्यार्थीहरूले बुधबार बुबाको मुख हेर्ने कार्यक्रम गरेका छन्।

एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका कक्षा २ का विद्यार्थीको आयोजनामा बुबाको सम्मानमा बुबाको मुख हेर्ने कार्यक्रम मनाइएकाे हाे।

कार्यक्रममा स्कुलमा कक्षा २ को मकालु, कञ्चनजंगा र धौलागिरी गरी तीन सेक्सनका विद्यार्थीहरुले बुबाहरुलाई स्टेजमा बोलाएर सम्मान गरेका थिए। एउटा सेक्सनमा रहेका सवै विद्यार्थी स्टेजमा पुगेर स्टेजमै पुगेका विद्यार्थीका अभिभावकहरुलाई आआफूले सम्मान गरेका हुन्। विद्यार्थीले टिका लगाइदिएर, फूलमाला लगाई आ-आफूले बनाएको कार्ड आआफना बुबालाई दिएका थिए।

यो पटक १२ औँ बुबाको मुख हेर्ने दिनको अवसरमा कार्यक्रम गरेको स्कुलले जनाएको छ। यसअघि स्कुलले कक्षा २ का विद्यार्थीका अभिभावकलाई नियमन्त्रा दिइएको थियो। अभिभावक नपुगेका विद्यार्थीहरुले प्रिन्सिपल भक्त राजभण्डारीलाई पूजा गरेका थिए। 

Skip This
Skip This
Logo