संविधानसभा अध्यक्ष तथा एमालेका दिवंगत उपाध्यक्ष सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ।
पशुपति आर्यघाटमा उनलाई अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ। पशुपति आर्यघाट पुगेर उनलाई श्रद्धाञ्जली दिनेको लामो लाम देखिन्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका विभिन्न राजनीतिक दलका शीर्षनेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका छन्। अहिले पनि श्रद्धाञ्जली दिने कार्य चलिरहेको छ।
बिहीबार बिहान नेम्वाङ निवास बालुवाटारबाट शवयात्रासहित नेम्वाङको पार्थीव शरीरलाई पशुपति आर्यघाट पुर्याइएको हो। गएको मंगलबार बिहान हृदयाघातबाट निधन भएका नेम्वाङ राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ। मंगलबार च्यालसस्थित पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थीव शरीरलाई बुधबार दिउँसो निजी निवास बालुवाटार लगिएको थियो।
बिहीबार निजी निवास बालुवाटारबाट शवयात्रासहित उनको पार्थीव शरीरलाई पशुपति आर्यघाट लगिएको हो। उनको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ।































प्रतिक्रिया