काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आज चौथो दिन निर्धारित एजेण्डा भन्दा भिन्न कार्यसूचीमा केन्द्रित भई संचालन भएको छ ।
बैठकको शुरूवातमा मदन जयन्तीका अवसरमा असार १४ गते प्रधानमन्त्रीले राखेका विचार, सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका नेताहरूको संलग्नता रहेको अभिव्यक्ति प्रति छलफल भएको थियो । यस्तै बैठकमा दुई दिन अघि निर्वाचन आयोगमा दर्ताको लागि आवेदन परेको भनिएको नेकपा (एमाले) को सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्यहरू बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनर्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट र भीम आचार्य गरी १८ जनाले आआफ्ना धारणा राखेका थिए । अर्को बैठक भोलि असार १७ गते ११ बजे पुनः बस्ने भएको छ ।































प्रतिक्रिया