काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी रक्साकस्सी सुरु भएको छ । कोरोना भाइरसको प्रभावले महासंघको चुनाव प्रभावित भएको थियो ।
पछिल्लो समय लकडाउन मोडालिटी परिर्वतन भएपछि उद्योगीहरु चुनावको तयारीमा लागेका छन् । यसैक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष किशोर प्रधान समुहले चुनावका लागि सम्पर्क कार्यालय खोलेका छन् । प्रधान समुहले ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
महासंघको निर्वाचन आगामी साउन २५ र २६ मा हुने महासंघको कार्यतालिका रहेको छ । यस अगाडी देखि महासंघको बरिष्ठ उपाध्यक्षसहितका पदमा किशोर प्रधान र चन्द्र ढकालको आ–आफ्नो समुहको प्यानल नै बनाएर उमेद्वाारी दिने घोषणा नै गरेका छन् ।
महासंघको बरिष्ठ उपाध्यक्ष किशोर प्रधान समुहको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गरेका छन् ।































प्रतिक्रिया