भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीबाट राष्ट्रिय भूमि आयोगले माग्यो आवेदन

भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीबाट राष्ट्रिय भूमि आयोगले माग्यो आवेदन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तयारी गरेको छ।

आयोगले ३२ जिल्लाका स्थानीय तह तोकेरै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्रदान गर्ने उद्देश्यले लगत सङ्कलन गर्न लागिएको आयोगले जनाएको छ।

आयोगले आज एक सूचना जारी गर्दै स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत् ३५ दिनभित्र निवेदन दिन आयोगले भनेको छ।

‘राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि देहाय अनुसारका स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी मिति भदौ २९ गतेबाट ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत सङ्कलकमार्फत पेस गर्नु हुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ।

Skip This
Skip This
Logo