कान्ति बाल अस्पताल बालिका मृत्यु प्रकरणः दोषीमाथि कारबाही हुने प्रधानमन्त्रीको प्रतिबद्धता

कान्ति बाल अस्पताल बालिका मृत्यु प्रकरणः दोषीमाथि कारबाही हुने प्रधानमन्त्रीको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्ति बाल अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएकी रेजिशा गोपालीको मृत्यु प्रकणरमा अस्पतालको व्यवस्थापकीय कमजोरी देखिएको बताएका छन् । 

शुक्रबार संसदमा आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे जानकारी गराउन उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले बालिकाको उपचारको क्रममा ज्यान जानुमा व्यवस्थापकीय कमजोरी देखिएको बताएका हुन् । 

कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना  भएकी मकवानपुर स्थायी ठेगाना भई काठमाडौं बाफल बस्ने ५ वर्षिय बालिका रेजिशा गोपालीको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु हुनु दुखद भएको उनले बताए। 

अस्पतालबाट ५ दिनको समय दिएर तीन सदस्य छानबिन समिति गठन गरिएको र सो समितिले आफ्नो प्रतिवेदन बुझाएको जानकारी दिएका प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्ति कै भरमा पनि विषयवस्तुप्रति जुन तहको संवेदनशीलता प्रस्तुत हुनुपर्ने थियो । त्यो गर्न नसकिएको तितो यथार्थ उल्लेख गर्दै अस्पतालले विगतदेखि महशुस गरेका तर तत्काल सुधारका बाटो कार्यान्वयन गर्न नसकेका विभिन्न व्यवस्थापकीय कमजोरी नै उपरोक्त प्रकृतिका घटनाका लागि जिम्मेवार रहेको निष्कर्ष पेश गरेको छ ।’ 

प्रधानमन्त्री प्रचण्डले दोषिमाथि कारबाहीका लागि सरकार गम्भीर रहेको बताए । ‘सरकारका तर्फबाट यस्ता घटनामा दोषि पाइएकाहरुलाई कारबाहीको दायरामा ल्याइने तथा आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन थप कदम चालिने विश्वास समेत दिलाउन चाहान्छु । ’ उनले भने ।

Skip This
Skip This
Logo