नेपाली बजारमा बाइक, कार, लगायतका विद्युतीय सवारी उपलब्ध हुँदै आएकोमा अब पिकअप ट्रकपनि उपलब्ध भएको छ ।
नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु बृद्धि कमर्सियल भेइकल्स प्रालिले काठमाडौँको भृकुटीमण्डपस्थित प्रर्दशनी हलमा सञ्जालन भइरहेको नाडा अटो शो २०२३ मा विद्युतीय पिकअप ट्रक सार्वजनिक गरेको हो।
नेपाली बजारमा आएको पहिलो विद्युतीय ट्रकको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, तर नाडामा विशेष छुटसहित २९ लाख ९९ हजारमा उपलब्ध रहेको छ। अवलोकनकर्ता/उपभोक्ताहरुले पनि विद्युतीय ट्रक र उपलब्ध सेवा सुविधालाई लिएर विशेष रुचि देखाएको कम्पनीको भनाइ छ।
फोटोनको पहिलो ईभी ट्रक टीएम-वान पूर्ण रुपमा नेपाली भूगोल सुहाउँदो रहेको कम्पनीको भनाइ छ। सो ईभी पिकअप ट्रकले नेपाली बजारमा एउटा नयाँ आयाम ल्याउनेमा कम्पनी विश्वस्त रहेको छ। एकपटकको फुल चार्जमा २ सय ८० किलोमिटरसम्म रेन्ज दिने भएकाले मध्यम दुरीमा समेत यो विद्युतीय ट्रक उपयुक्त हुनेछ।































प्रतिक्रिया