अटो शोहरुमा किन राखिन्छन् मोडल ? यस्ताे छ उनीहरुकाे कथा [भिडियाेसहित]

अटो शोहरुमा किन राखिन्छन् मोडल ? यस्ताे छ उनीहरुकाे कथा [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

सामान्यतया, सुनसान देखिने काठमाडौंको भृकुटीमण्डपमा यति बेला चहपहल बढेको छ । हुनत, बेला बखत भृकुटीमण्डपस्थित प्रर्दशनी हलमा भएका विभिन्न मेलाहरुले चहपहल नबढाएकाे भने होइन । तर भाद्र २६ गतेदेखि ३१ गतेसम्म चल्ने नाडा अटो शो २०२३ ले भने छुट्टै रौनकता छाएको छ । 

शोका स्टलहरुमा राखिएका उत्कृष्ट ब्राण्डका सवारी साधन, आकर्षक सजावट, त्यहाँ बजिरहेका गीत, संगीतले गर्दा निकै रमणीय माहोल बनेको छ । जसले गर्दा २ सयको टिकट काटेर बाक्लो संख्यामा अवलोकर्ता पुगेका छन् । यी विशेषतासँगै अर्काे थप एउटा विशेषता भनेको शोमा भएका स्टलहरुमा बसेका मोडलहरु, जसले शोमा थप रौनकता थपिएको छ । 

श्रृङ्गार र आकर्षक पहिरनमा सजिएका मोडलहरुले अवलोकनकर्ताहरुलाई स्टलमा भएका सवारी साधनको मूल्य, विशेषता बताइरहेका छन् । उनीहरुको प्रस्तुतीले पनि शोमा भएका उत्पादनहरुको थप गरिमा बढाएको छ । 

यसरी मोडलहरुको प्रयोग गर्ने प्रचलन यो वर्ष र नाडा अटो शोको मात्र होइन, अन्य शोहरुमा पनि यो प्रचलन छ । हामीले नाडा अटो शोमा मोडलिङ गरिरहेका केही मोडलहरुसँग उनीहरुको मोडलिङ करियर र शोमा मोडलिङ गर्दाको अनुभव लगायका विषयमा कुरा गरेका छौँ-
 
मोडल १९ वर्षीया प्रतिक्षा डंगोल पिपुल्स क्याम्पसमा बीबीएम थर्ड सेमेष्टरमा पढ्छिन् । डंगोलले कक्षा १२ सम्मको अध्ययन सकेपछि विभिन्न सौन्दर्य प्रतियोगितमा सहभागिता जनाउँदै मोडलिङ यात्रा सुरु गरेकी हुन् । 

श्रृङ्गार र आकर्षक पहिरनमा सजिएका मोडलहरुले अवलोकनकर्ताहरुलाई स्टलमा भएका सवारी साधनको मूल्य, विशेषता बताइरहेका छन् । 

नाडा अटो शोमा पहिलोपटक मोडलिङ गरेकी डंगोल, शोमा आएर सवारी साधनको बारेमा धेरै कुरा सिक्ने र सिकाउने अवसर मिलेको बताउँछिन् । उनी भन्छिन् “मलाई नाडा शोमा मोडलिङ गर्नुपर्छ भन्ने थाहा थिएन, एकजना दिदिको माध्यमबाट यहाँ आएको हुँ, उहाँले यस्ता शोहरुमा मोडलिङ गर्नुहुँदो रैछ ।” उनको विचारमा यसरी शोमा मोडलहरु राख्नुको कारण उपभोक्ताहरुलाई आकर्षित गर्नु हो । मोडलिङमा भविष्य देखेकी डंगोललाई परिवारको राम्रो साथ छ ।
 
त्यस्तै, स्नातकमा अध्ययनरत पुल्चोककी शिखा श्रेष्ठले मोडलिङ सुरु गरेको २ वर्ष भयो । योभन्दा अगाडि अन्य शोहरुमा मोडलिङ गरेकी श्रेष्ठले नाडा अटो शोमा भने पहिलोपटक सहभागिता जनाएकी हुन् ।
 
मोडलिङमा रुचि भएकी श्रेष्ठ महिला मोडलहरुमा सहनशीलता बढी हुने भएकाले यस्ता शोहरुमा बढी महिला मोडल राखिने बताउँछिन् । नेपालमा मोडलिङ क्षेत्रमा राम्रो भविष्य नभएको प्रति भने श्रेष्ठको गुनासो छ । तर पछिल्लो समयमा महिला मोडलहरुलाई गरिने व्यवहारमा आएको परिर्वतनमा भने सकारात्मक छिन् । 

मोडलिङमा रुचि भएकी श्रेष्ठ महिला मोडलहरुमा सहनशीलता बढी हुने भएकाले यस्ता शोहरुमा बढी महिला मोडल राखिने बताउँछिन् । 

अर्की २० वर्षीय मोडल निशु गुरुङ स्नातक तेस्रो वर्षमा पढ्छिन् । गुरुङको पनि अन्य दुई मोडलको जस्तै नाडा अटो शोमा पहिलो अनुभव हो । मोडलिङ गर्दा चिनजान भएकी दिदिको माध्यमबाट शोसम्म आइपुगेकी गुरुङको भने शोमा मोडलिङ गर्दाको अनुभव तितो छ । 
 
शोमा आएका अवलोकनकर्ताहरुले जिस्काउने, आफ्नो पेशालाई लिएर नकारात्मक गतिविधि देखाएकोप्रति उनको दुखेसो छ । उनी भन्छिन् “हिजो मलाई शोमा आउनुभएका अवलोकनकर्ताहरु, विशेषगरी अंकलहरुले कति धेरै जिस्काउनुभयो, तिमी क्युट छौ, तिम्रो इन्ष्टा आइडी, नम्बर देउन भन्नुभयाे । हामीले पनि आफ्नो काम गरेका हौं, यस्ता हर्कत देखाउँदा नराम्रो लाग्छ ।”

Skip This
Skip This
Logo