तीनकुने हत्या प्रकरणको रहस्य के हो ? [भिडियाे ]

तीनकुने हत्या प्रकरणको रहस्य के हो ? [भिडियाे ]

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको तीनकुनेस्थित दिव्य सःमिलमा शनिबार मध्यरातमा ४ जनाको विभत्स हत्या भयो।

हत्या भएका चारमध्ये तीन जना एकै परिवारका थिए। टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो धारिलो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो।

दिपेन्द्र र सःमिलमा हत्या गरिएको अवस्थामा फेला परेका नवीन नातेदार रहेको प्रहरीले जनाएको छ। सोधपुछकै लागि थप व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

हत्या हुनेमा सःमिलमा सुरक्षा गार्डको काम गर्ने दोलखाको कालिञ्चोक गाउँपालिका ८ का ५५ वर्षीया कुमार भुजेल, उनकी ४२ वर्षीया श्रीमती अम्बिका भुजेल, कुमारकी ७१ वर्षीया आमा शुभद्रा भुजेल र मोरङ बेलबारीका २५ वर्षीय नवीन राई रहेका छन्। 

टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो धारिलो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो।

 

हत्या भएकी सुभद्राले गत वर्षको जेठमा मात्रै आफ्नो श्रीमान गुमाएकी थिइन्। सोही कारण गोकर्णमा श्राद्ध गर्दा राम्रो हुने विश्वासका साथ केही दिनअघि मात्र उनि काठमाडौँ आएकी थिइन्। 

काठमाडौँ आएर बालुवाटारस्थित माइलो छोरासँग बसेकी उनि शुक्रबारमात्रै जेठो छोरा बुहारी भेट्न तीनकुने पुगेकी थिइन्। तर मध्यरातमा तीनै जनाको विभत्स हत्या भयो।

सःमिलका सञ्चालक बालकृष्ण शिवाकोटी पहिले कुमारका छिमेकी थिए। शिवाकोटी एमाले दोलखाका चर्चित नेता पनि हुन्। कुमारलाई सःमिलमै बस्ने व्यवस्था उनले नै मिलाइदिएका थिए। कुमार लामो समयदेखि श्रीमतीसहित सोही सःमिलमा बस्दै आएका थिए। 

तर,मध्यरातको उक्त घटनाले जेठो छोरालाई भेटेर चाँडै गाउँ फर्कने सुभद्राको धोको अधुरै रह्यो। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। 

दिपेन्द्र र सःमिलमा हत्या गरिएको अवस्थामा फेला परेका नवीन नातेदार रहेको प्रहरीले जनाएको छ। सोधपुछकै लागि थप व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको सूक्ष्म अनुसन्धान गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलेउपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरको नेतृत्वमा समिति गठन गरेको छ।

समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौँका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का,अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त,बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेका छन्। 

घटनाको सत्य तथ्य पत्ता लगाउन प्रहरीले तालिमप्राप्त कुकुर समेत परिचालन गरेको छ भने सबै नाकामा निगरानी बढाएको छ।

उक्त हत्याकाण्डको सम्बन्धमा अनुसन्धानका विविध विधि लगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन पेश गर्न समितिलाइ रानीपोखरीले निर्देशन दिएको छ।

घटनाको सत्य तथ्य पत्ता लगाउन प्रहरीले तालिमप्राप्त कुकुर समेत परिचालन गरेको छ भने सबै नाकामा निगरानी बढाएको छ। हत्याको यकिन कारण भने अझै पत्ता लाग्न सकेको छैन।

Skip This
Skip This
Logo