प्रिमियर लिग फुटबलमा ब्राइटनसँग युनाईटेडको लज्जास्पद हार

प्रिमियर लिग फुटबलमा ब्राइटनसँग युनाईटेडको लज्जास्पद हार

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा ब्राइटनसँग हार ब्यहोरेको छ। शनिबार राति घरेलु मैदानमा युनाईटेडले ब्राइटनसँग ३-१ ले लज्जास्पद हार ब्यहोरेको हो।

खेलको २० औँ मिनेटमा ड्यानी वेलवेकले ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए। दोस्रो हाफमा पास्कल ग्रोब र जोआओ पेड्रोले लगातार दुई गोल गर्दै ब्राइटनलाई ३-० को सहज स्थितीमा पुर्याएका थिए। हेनिबल मेजब्रीले युनाईटेडका लागि पहिलो गोल गर्दै केही आशा जगाएका थिए। तर पाहुना टोलीका अघि युनाईटेडको खासै जोर चलेन।

आन्द्रे ओनानाले केही उत्कृष्ट बचाउ गर्दै युनाईटेडको हार अन्तरलाई टारेका थिए। खासमा इन्जुरी समयमा अन्शु फातीको डेब्यु गोललाई ओनानाले असफल बनाउने काम गरे। 

पछिल्लो १३ महिनामा युनाईटेड घरेलु मैदानमा पहिलो पटक हारेको हो। पछिल्लो चार खेलमा युनाईटेडले १० गोल ब्यहोरेको छ।युनाईटेडलाई हराएको ब्राइटन ५ खेलबाट १२ अंक सहित तालिकाको तेस्रो स्थानमा छ। युनाईटेडको ६ अंक छ। 

अर्को खेलमा टोटेनहम हर्ट्सपरले सेफिल्ड युनाईटेडलाई २-१ ले हरायो। रिचर्डलिसन र डेजान कुलुसेब्स्कीले इन्जुरी समयमा गोल गर्दै टोटनहमलाई अपत्यारिलो जित दिलाए। सेफिल्डका लागि गुस्ताफो हामरले सुरुआतमा दिलाएको अग्रताले कुनै अर्थ राखेन।

टोटेनहम १३ अंक सहित तालिकाको दोस्रो स्थानमा छ। सेफिल्ड १ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ। अन्य खेलमा एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई ३-१ ले हराएकाे हाे ।

Skip This
Skip This
Logo