काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि जारी छ । आजको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो । स्थायी कमिटी बैठक असार १० गतेदेखि शुरु भएको थियो ।
बैठकमा यसअघि २१ जना सदस्यले आफ्ना धारणा राखिसकेका छन् । बाँकी सदस्यले आज आफ्ना विचार राख्ने बताइएको छ ।
बैठकमा सरकारको कामको समीक्षा, पार्टीको समीक्षा र अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत विषय कार्यसूचीमा राखिएको छ ।





























प्रतिक्रिया