प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्क पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डको टोलीलाई जोन एफ केनेडि इन्टरनेशल अन्तर्राष्ट्रिय विमानस्थलामा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर स्वागत गरेका छन्।
संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको टोली आइतबार न्युयोर्क पुगेको हो।
प्रधानमन्त्री प्रचण्डले असोज ४ गते ७८औं महासभालाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ । चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।































प्रतिक्रिया