एकीकृत समाजवादीका उपमहासचिव तुलाधरलाई पितृशोक

एकीकृत समाजवादीका उपमहासचिव तुलाधरलाई पितृशोक

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा गङ्गालाल तुलाधरका पिता रामबहादुर तुलाधरको  पाटन अस्पातलमा उपचारका क्रममा ९७ वर्षका उमेरमा निधन भएको छ। 

उनि उच्च रक्तचापलगायत रोगबाट पीडित थिए। पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजसेवी रामबहादुरको निधनको खबरले अन्तन्तै मर्माहत तुल्याएको बताए।

खनालले आज एक शोक सन्देश जारी गर्दै उनिप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

Skip This
Skip This
Logo