राजनीति सत्ता र शक्तिको साधन मात्रै होइनः राष्ट्रपति पौडेल

राजनीति सत्ता र शक्तिको साधन मात्रै होइनः राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिलाई सत्ता र शक्तिको साधन मात्रै ठान्न नहुने बताएका छन् । 

आज भक्तपुरमा आयोजित गणेशमान सिंहको प्रतिक अनावरण समारोहमा राष्ट्रपति पौडेलले राजनीतिलाई सत्ता र शक्तिको साधन होइन्, राष्ट्र निमार्णको लागि जीवन समर्पित गर्ने कर्म हो भनेर वर्तमान र भावि पुस्तासम्म पु-याउनु पर्ने बताएका हुन् । 

सिंहको जीवन दर्शनको सन्देश नै निष्ठाको राजनीति भएको बताएका उनले भने- ‘त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन वचन र कर्मले गणेशमान सिंहले निर्वाह गर्नुभएको काम सबैका लागि प्रेरणा बन्ने छ ।’

कठिन समयमा पनि लोकतन्त्रको पक्षमा उभिएका सिंहकै जीवनबाट आफूहरुलाई पनि क्रान्तिमा लाग्न र लोकतन्त्रका पक्षमा लड्न प्रेरणा मिलेको उनको भनाई छ ।

Skip This
Skip This
Logo