नेपालले गर्यो विविएनजे सम्झौतामा हस्ताक्षर

नेपालले गर्यो विविएनजे सम्झौतामा हस्ताक्षर

केन्द्रबिन्दु
0
Shares

नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। बुधबार राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित  समारोहमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले हस्ताक्षर गरेका हुन्।

उनले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आएका राष्ट्रसंघले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। राष्ट्रसंघलेसन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने जनाएको छ।

अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ।  खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भू-भाग ३०/३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नेछ।

Skip This
Skip This
Logo