बानेश्वर क्षेत्र तनावग्रस्त, शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वर क्षेत्र तनावग्रस्त, शिक्षक र प्रहरीबीच धकेलाधकेल

केन्द्रबिन्दु
0
Shares

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकहरू अहिले सडक आन्दोलनमा छन्। आफ्ना विभिन्न माग पूरा गराउन उनीहरूले सरकारलाई दबाब दिएका हुन्।

बिहीबार उनीहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका छन्। त्यसक्रममा शिक्षक र प्रहरीबीच ढुंगामुढा प्रहार भएर धकेलाधकेल भएको छ। त्यतिमात्र होइन, शिक्षकहरूले सडक छेउमा रहेका रुखहरूको हाँगा भाँचेर सुरक्षाकर्मीमाथि प्रहार गरेका छन् । शिक्षकहरूले सुरक्षाकर्मीहरूमाथि पानीको बोतलले समेत प्रहार गरेका छन् । 

नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन्। बानेश्वर क्षेत्र अहिले तनावको स्थितिमा देखिएको छ।सुरक्षाकर्मीले शिक्षकहरूलाई संयमित हुन आग्रह गरिरहेका छन् ।  

Skip This
Skip This
Logo