नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
सभापति देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम डा. चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मनोनित हुनेमा गुल्मीका भण्डारीसहित अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहेका छन् ।































प्रतिक्रिया