नेपाल ट्रेड युनियन काँग्रेसले नेपाल शिक्षक महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।
ट्रेड युनियन काँग्रेसका महासचिव अजयकुमार राईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले उठाउँदै आएको जायज माग र आन्दोलनप्रति ऐक्यबद्धता रहेको बताए।
‘सरकारले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा पेस गरेसँगै नेपालको सिङ्गो शिक्षा क्षेत्र आन्दोलित भएको छ। उक्त विधेयकले शिक्षा क्षेत्रका विद्यमान समस्याहरूको समाधान गर्न नसकेको, शिक्षक एवं ट्रेड युनियन अधिकार लगायत विभिन्न मौलिक हकहरुलाई समेत कुण्ठित गर्ने गरी आएको भन्दै २०८० असोज ३ गते बुधबारदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडाैँ केन्द्रीत आन्दोलन भइरहेको विषयले नेपाल ट्रेड युनियन काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।































प्रतिक्रिया