क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले प्रस्तावित शिक्षा विधेयकले शिक्षाको व्यापारिकरणलाई संस्थागत गरेको आरोप लगाएका छन् ।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बास्तोलाले प्रस्तावित शिक्षा विधेयकले, शिक्षालाई व्यापारिकरण गरेको आरोप लगाएका हुन् । ‘नेपालमा शिक्षा र स्वास्थ्य जस्तो मानिसको मौलिक अधिकारमाथि व्यापारिकरण गर्ने अपराध राज्यले गरेको छ । त्यसको अन्त्य गर्नुपर्छ । यो शिक्षा विधेयकले शिक्षालाई घुमाउरो तरिकाले व्यापारिकरणलाई संस्थागत गरेको छ ।’
सरकारले शिक्षामा परिर्वतन ल्याउन खोजे जस्तो गरेर जनतामा भ्रम मात्रै छरेको टिप्पणी गरे । ‘शिक्षा प्रणाली परिवर्तन गनुपर्ने लामो समयदेखिको मागलाई सरकारले शिक्षा विधेक ल्याएर शिक्षा प्रणालीमा परिर्वतन दिन खोजेको एउटा भ्रम दिन खोजेको छ। तर जुन विधेयक छ त्यो भित्र कुनै पनि परिवर्तन छैन् । सामान्य परिवर्तन होला तर आधारभूत रुपमा परिवर्तन छैन् तर भ्रम दिने कोशिस भने भएको छ ।’
सरकारले षड्यन्त्रपूर्ण तरिकाले शिक्षकहरुको माग पूरा नगरी गुमराहमा पार्न खोजेको आरोप लगाए । उनले भने, ‘फेरि शिक्षकहरुमाथि जुन प्रकारको प्रताडना हिजो चल्दै आएको थियो त्यसलाई निरन्तरता दिने र शिक्षामाथि जुन प्रकारको लुट, व्यापारिकरण, माफियाकरण चल्दै आएको छ, त्यसलाई निरन्तरता दिने शैलीमा कामहरु गर्दै आइरहेको छ ।’































प्रतिक्रिया