खुकुरी प्रहार गरी ६० वर्षीय वृद्धको हत्या

खुकुरी प्रहार गरी ६० वर्षीय वृद्धको हत्या

केन्द्रबिन्दु
0
Shares

बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या भएको छ।

छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका हुन्।

‘सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर आएको छ । हामी घटनास्थलमा गइरहेका छौँ,’ चौधरीले भने। उनका अनुसार आरोपीको खोजी भइरहेको छ।

Skip This
Skip This
Logo