२०८० असोज ६ देखि असोज १३ गतेसम्म ।
ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।
हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।
तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामिले प्रधान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भबिस्यबाणी ग्रह गोचरको आधारमा हुने छ। हामीले दिएको उपाय गर्नुभो भने यो साता तपाईंकोलागि एकदम राम्रो बित्ने छ।
प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-
मीन राशि
यो साता मध्यम रहने छ, सरकारी जागिरको योग छ। अनावश्यक खर्चबाट बच्नु होला। यदि तपाईं सिंगल हुनुहुन्छ भने प्रेम प्रस्ताव आउनसक्छ, प्रेम बढ्न सक्छ। ब्यापारीको लागि ब्यापार कसरी बढाउने चिन्ताले साताभर सताउने छ।
मार्केटिङमा यो साता ज्यादा खर्च हुने छ ध्यानपूर्बक पैसा लाउनुहोला। गलत मान्छेको हातमा तपाईंले काम दिन सक्नु हुनेछ ध्यान दिनुहोला। श्रीमती श्रीमान सङ सम्बन्ध राम्रो हुनेछ पुराना मन मुटाब सकिनेछ। सन्तान प्राप्तीको योग छ। राती सवारीसाधान कुदाउँदा ध्यान दिनुहोला भरसक यो साता रातिको यात्रा नगर्नुहोला।
उपायः श्री गणेशाय नम को प्रतिदिन १०८ जप गर्नुस्। मंगलबार बुधबार गणेश मन्दिरको दर्शन गर्नुहोला।































प्रतिक्रिया