नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले शक्ति विभाजित हुन सक्छ तर सत्य विभाजित हुँदैन भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार नेकपा (एमाले) बागमती प्रदेश प्रथम अधिवेशनमा उनले भने, ‘म सरकारलाई भन्न चाहन्छु शक्ति विभाजित हुन सक्छ, सत्य विभाजित हुँदैन । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सत्य एउटै हुन्छ । सत्यसँग सिङ नजुधाउनुस् बेरसबेर भाँचिन्छ, फुक्लिन्छ ।’
द्वन्द्वले मानिसलाई बिगार्ने भन्दै अध्यक्ष ओलीले सरकारलाई शिक्षकहरुसँग चलाखी नगर्न आग्रह गरे । शिक्षा मन्त्रालयमा वार्ता नहुने, गृहमन्त्रालयमा वार्ता हुने र एकथरी शिक्षकको माग सम्बोधन हुने र अर्कोको नहुने भन्दै उनले सरकारको आलोचना गरे ।































प्रतिक्रिया