राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह र प्रदेशहरुलाई अधिकार दिन कन्जुस्याँई गर्न नहुने बताएका छन् ।
सोमबार जनकपुरधाममा आयोजित नागरिक अभिनन्दन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले देशका मुख्य शासकले कन्जुस्याँई नगरी अधिकार दिए देश बद्लिन सक्ने बताएका हुन् ।
उनले भने, ‘संघीयताको मर्म अनुसार स्थानीय तह र प्रदेशहरुलाई अधिकार दिन कन्जुस्याँई भएको छ । अब त्यो हुनु हुँदैन् । अब दिल खोलेर जनतालाई अधिकार निश्चीत गर्नुपर्छ । अधिकार दिन कन्जुस्याँई गर्नु हुँदैन । खासगरी देशका तीन जना मुख्य शासकहरु प्रचण्ड, ओली र शेरबहादुर देउवा ज्यूलाई बोलाएर भन्छु अधिकार दिन कन्जुस्याईं नगर्नुस् तपाईहरुले चाहानु भयो भने देश बद्लिन सक्छ ।’
निजामती ऐन र प्रहरी समायोजनका लागि पहल गर्न समेत आग्रह गरेपछि राष्ट्रपति पौडेलले अब सबै अधिकार पाउने विश्वास व्यक्त गरे ।





























प्रतिक्रिया