न्युजिल्यान्ड र बङ्लादेश तथा इङ्ल्यान्ड र आयरल्यान्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज

न्युजिल्यान्ड र बङ्लादेश तथा इङ्ल्यान्ड र आयरल्यान्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज

केन्द्रबिन्दु
0
Shares

न्युजिल्यान्ड र बङ्लादेशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज हुँदैछ। यो खेल मिरपुरमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ। तीन खेलको शृङ्खलामा पाहुना टोली न्युजिल्यान्डले १-० को अग्रता बनाएको छ।

दोस्रो खेल न्युजिल्यान्डले ८६ रनले जितेको थियो भने पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। आजको खेल जितेमा न्युजिल्यान्डले शृङ्खला जित्नेछ भने हारेमा शृङ्खला एक/एकको बराबरी हुनेछ।

यस्तै,इङ्ल्यान्ड र आयरल्यान्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज हुँदैछ। यो खेल बेलुका सवा ५ बजे सुरु हुनेछ। तीन खेलको शृङ्खलामा इङ्ल्यान्डले १-० को अग्रता बनाएको छ। आजको खेल जितेमा इङ्ल्यान्डले शृङ्खला जित्नेछ भने पराजित भएमा एक/एकको बराबरी हुनेछ।

Skip This
Skip This
Logo