सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस

सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस सुरू हुने भएको छ।प्रकरणमा संलग्न प्रतिवादीको मंगलबार बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरू हुन लागेको हाे। 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा प्रतिवादीको थुनछेक बहस सुरू हुने जनाइएकाे छ।विमानस्थल भन्सार कार्यालय बाहिरबाट साउन २ गते स्कूटरको 'ब्रेक सू'मा ल्याइएको सुन ६० किलो ७१६ ग्राम सुन समातिएको थियो। राजस्व अनुसन्धान विभागले समातेको सुन सम्बन्धमा पछि सीआईबीले अनुसन्धान गरेको थियो ।

Skip This
Skip This
Logo