कुशल मल्लको कीर्तिमानी अर्धशतक, एकै ओभरमा २७ रन

कुशल मल्लको कीर्तिमानी अर्धशतक, एकै ओभरमा २७ रन

केन्द्रबिन्दु
0
Shares

नेपालका बायाँ हाते युवा ब्याटर कुशल मल्लले १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका छन्। कुशलले १९ बलमै अर्धशतक पूरा गरेका हुन्।

योसँगै कुशल नेपालबाट टि२० आईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन्। उनले ज्ञानेन्द्र मल्लको २०१९ मा २० बलमा बनाएको अर्धशतकको कीर्तिमान तोडेका हुन्।

१० औँ ओभरमा कुशल मल्लले तेरबिसलाई कुल २७ रन प्रहार गरेका थिए। कुशल मल्ल २१ बलमा ४ चौका र ६ छक्कासहित ६३ रनमा क्रिजमा छन्।

Skip This
Skip This
Logo