मैले सर्प पालेको छैन, बदनाम गर्न खोजियोः झलनाथ खनाल

मैले सर्प पालेको छैन, बदनाम गर्न खोजियोः झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाएका छन्।

बुधबार काठमाडौँमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०२३ लाई सम्बोधन गर्दै उनले आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको बताएका हुन्।

उनले आफ्नो नाममा आफूले नचाहँदा नचाहँदै पनि नाम राखेको र त्यसबाट के–के गरे भन्नेबारे आफू अनविज्ञ रहेको बताए। उनले सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको पनि स्पष्ट पारे। 

पछिल्लो समय त्यसलाई विवादमा तान्ने काम भएको भन्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेतासमेत रहेका खनालले अख्तियारमा समेत उजुरी परेर छानबिनको विषय बनेको कुरा आफूले जानकारी पाएको बताए।

उनले नाम अर्कैले राखेको तर आफूलाई ७३ करोड भन्ने गरिएको बताए। उनले सर्प पालनमा आफ्नो कुनै लगानी र पेशा व्यवसाय नभएको स्पष्ट पारेका छन्। 

Skip This
Skip This
Logo