एमाले बागमती अधिवेशनः नेतृत्व चयनका लागि मतदान आज

एमाले बागमती अधिवेशनः नेतृत्व चयनका लागि मतदान आज

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। बिहीबार मतदान एमाले पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ। 

एमाले बागमतीले भोटिङ मेसिन प्रयोग गरेर मतदान गर्दैछ। ४० वटा भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी छ। एमाले बागमतीमा १ हजार १७४ जना मतदाता रहेका छन्। 

प्रदेश अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव र उपसचिवमा २६ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दिएका छन्।

यस्तै, उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ।

Skip This
Skip This
Logo