श्रीमतीको हत्या  अभियोगमा पक्राउ

श्रीमतीको हत्या  अभियोगमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

पाल्पा । आफ्नै श्रीमती ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको अभियोगमा रामपुर नगरपालिका-५ बेजाड बस्ने बुद्दी दराईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेकाे हाे । प्रहरीका अनुसार बुद्धिले शनिबार साँझ बारी खन्ने कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले  उपचारको लागि रामपुर अस्पताल हुँदै लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो ।

सोही अस्पतालमा उपचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको हो । श्रीमतीकाे मृत्युपछि श्रीमान‍्लाई अनुसनधानकाे दायरमा राखी आवश्यक कारवाही सुरु गरेकाे छ ।

Skip This
Skip This
Logo