दोलखामा ४ किलो सुन जस्तो धातुसहित ३ जना पक्राउ

दोलखामा ४ किलो सुन जस्तो धातुसहित ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

दोलखामा ४ किलो सुन जस्तो धातुसहित ३ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले ४ किलो सुन जस्तो धातुसहित ३ जनालाई पक्राउ गरेको हो। 

उक्त धातु सुन हो वा होइन भन्ने यकिन भइ नसकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता तथा इन्स्पेक्टर धर्मेसकुमार यादवले बताए। 

सुन जस्तो धातु बरामद भएको जानकारी आएपछि दोलखाका डीएसपी दीपक खड्का समेत सिंगटी गएका छन्। परीक्षण गरेपछि मात्रै यसको थप विवरणहरु सार्वजनिक गरिने प्रहरीले जनाएको छ। 

Skip This
Skip This
Logo