हर्क साम्पाङ र भीम उपाध्यायको सामाजिक सञ्जालमा घोचपेच

हर्क साम्पाङ र भीम उपाध्यायको सामाजिक सञ्जालमा घोचपेच

केन्द्रबिन्दु
0
Shares

पूर्वसचिव भिम उपाध्याय र धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ दुवै सामाजिक सञ्जालमा चर्चामा आइरहने पात्र हुन् । समसामयिक विषयमा दुवैले सामाजिक सञ्जालमा स्टाटस राखिरहेका हुन्छन् । प्रायः जस्तो यी दुवै पात्र आफ्ना स्टाटसका कारण चर्चा र विवादमा परिरहन्छ । जसकारण यी दुवै कहिलेकाही माफी माग्ने अवस्थामा समेत पुग्छन् । 

यसैबीच बिहीबार गृह मन्त्रालयले सरकारी कार्यालयको काम प्रभावकारी बनाउन नियमित योगाभ्यास जरुरी भन्दै कर्मचारीलाई हरेक बिहान १५ मिनेट योगाभ्यास गर्न निर्देशन दिएसँगै पूर्वसचिव उपाध्ययले योग ध्यानलाई लक्षित गर्दै स्टाटस राखे । उनले स्टाटसमार्फत व्यङ्ग्यात्मक शैलीमा योग अनिवार्य भएको बताएका थिए । 

उनकाे स्टाटस यस्तो थियो- ‘नपढेका भन्दा पढेलेखेकाहरु सजिलै बहुलाउछन् । पढेर नबहुलाउनका लागि योग ध्यान अनिवार्य छ ।’ 

यो स्टाटसको जवाफ फर्काउँदै साम्पाङ्ले लेखेका छन्- ‘हो हो त्यो तिम्लाई नै आवश्यक छ बुढा… धरान कैले आउने ढुङ्गा बोक्न ?’प्रश्न चिन्ह्र गरेका छन् । फेरि भीम उपाध्यायले जवाफ फकाउँदै लेखेका छन् ‘योग ध्यानबाट तिम्रो मति सुर्धान जरुरी छ । त्यहाँ आएर तिम्रो पुठ्ठामा घुच्चुक हान्दै सिकाउनु छ योग ध्यान है ? तर गोरु खान छाडेनौ भने चैँ सिकाउँदिन नि, है ?’ भन्दै हाहा रियाक्ट राख्दै पश्न चिन्ह राखेका छन् । 

त्यसपछि नगर प्रमुख साम्पाङ्ले जवाफ दिएका छैनन् । अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले दुवैको पक्ष विपक्षमा टिप्पणी गरिरहेका छन् । उपाध्यायले गत भदौँमा धरानमा गोरु काटेर खाएको विषयलाई लक्षित गदैँ जवाफ दिएका हुन् । योसँगै यतिबेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरु साम्पाङकाे जवाफको प्रतिक्षामा देखिन्छन् ।

Skip This
Skip This
Logo