युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

केन्द्रबिन्दु
0
Shares

कोपा इटालिया लिगकाे पहिलो सेमिफाइनलमा युभेन्टसले  इन्टर मिलानलाई उसकै मैदानमा २–१ ले पराजित गरेको छ । दुवै गोल सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गरे ।

मिलानोमा मंगलबारराति भएको खेलको नवौं मिनेटमा लोउटारो मार्टिनेजको गोलमा इन्टरले अग्रता लिएको थियो । उनले निकोलो बरेल्लाको पासमा गोल गरेका थिए । एक गोलले पछि परेकाे युभेन्टसले जित दर्ता गरेकाे हाे ।

२६औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट युभेन्टस खेलमा फर्कियो । एस्ले योङले पेनाल्टी बक्समा जुवान कोर्डाडोमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै युभेन्टसलाई पेनाल्टी प्रदान गरेपछि रोनाल्डोले गोल गरे ।

३५औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । सेमिफाइनलको दोस्रो लेग युभेन्टसको मैदानमा १० फेब्रुअरीमा हुनेछ । उक्त खेलमा यही नतिजा कायम रहे युभेन्टस फाइनलमा पुग्नेछ । इन्टरलाई फाइनल प्रवेशका लागि कम्तीमा पनि २–०को जित आवश्यक हुन्छ ।

 

Skip This
Skip This
Logo