डिशहोमका मेगास्टारलाई पुरस्कार रकम हस्तान्तरण

डिशहोमका मेगास्टारलाई पुरस्कार रकम हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत रानिवास भोजपुरका भुपाजित राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले उनको अनुपस्थितिमा परिवारलाई नगद रु एक लाख हस्तान्तरण गरेको हो । 

एक कार्यक्रमको आयोजना गरी सम्मान सहित उक्त पुरस्कार रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । २०८० असोज ८ गते सोमवार भएको लक्की ड्रमार्फत राईले नगद रु एक लाख जितेका हुन् । 

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो । 

यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैं जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । 

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।  

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियानसिमित अवधिको लागि नेपालभर लागू भएकाे छ ।

Skip This
Skip This
Logo