शैक्षिक क्षेत्रमा स्थापित शिक्षण समुह केएमसी एजुकेसनल नेटवर्कले अन्तर्राष्ट्रिय विश्वविद्यालयको सम्बन्धनमा एमआइटी (मोडल एन्सिच्युट अफ टेक्नोलोजी) कलेज संचालनमा ल्याएको छ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा इन्टरनेसनल अमेरिकन युनिभर्सिटी (आइएयु) अमेरिकाको सम्बन्धनमा एमआइटी कलेज लन्च गरिएको एमआइटी कलेजका अध्यक्ष एवं केएमसी कलेजका प्रिन्सिपल सुरेन्द्र सुवेदीले बताए।
हाललाई एमआइटीमा बिबिए र एमबीएका शैक्षिक कार्यक्रम संचालन हुनेछन् भने केहि समयमै बिआइटी पनि लन्च हुने बताइएको छ।
कार्यक्रममा मध्य पश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.उपेन्द्र कोइराला, संयुक्त राज्य अमेरिकाका लागि नेपालका पूर्व राजदुत डा.अर्जुन कार्की, केएमसी एजुकेसनल नेटवर्कका अध्यक्ष रामेश्वर अर्याल लगायत विभिन्न कलेजका प्रिन्सिपल तथा शिक्षाविदहरुको उपस्थिति थियो।
नेपालमै अमेरिकन डिग्री दिलाउने उद्देश्य राखेर मोडल इन्सिच्युट अफ टेक्नोलोजी एमआइटीको आवश्यकता महशुष गरिएको कार्यक्रममा बताइएको थियो।
अन्तर्राष्ट्रिय डिग्रीका लागि विद्यार्थीहरु विदेशिने ट्रेन्ड बढिरहेका समयमा यसप्रकारका राम्रा विदेशी सम्बन्धनका कलेज संचालनमा आउँदा त्यसले नेपालमा नै अध्ययन गर्ने सोच विकास गर्ने विश्वास लिएको एमआइटीका संचालक आरके दाहालले बताए।
नेपालमै अमेरिकन डिग्री दिलाउने उद्देश्य राखेर मोडल इन्सिच्युट अफ टेक्नोलोजी एमआइटीको आवश्यकता महशुष गरिएको कार्यक्रममा बताइएको थियो।
दाहालका अनुसार स्वदेशमै स्तरिय विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम संचालनमा आउँदा विद्यार्थीहरु विदेशिने क्रम कम हुन सक्छ भन्ने मान्यतामा एमआइटी लन्च भएको हो।
पछिल्लो समयमा ७५ वटा मुलुकमा नेपाली विद्यार्थी अध्ययन भिसामा जाने गरेको अवस्थामा मुलुकमै विदेशी शिक्षा दिन चाहेको कलेजको भनाई छ।
अध्ययनका लागि नै विद्यार्थी विदेशिन चाहेका हुन्, विद्यार्थी अन्तर्राष्ट्रिय डिग्रीप्रति लालायित हुन् भने यस प्रकारका केएमसी एजुकेसनल नेटवर्क जस्तो विश्वासिलो शैक्षिक संस्थाले संचालनमा ल्याएपछि स्वभाविक रुपमा कम हुनुपर्ने एमआइटी कलेजका अध्यक्ष सुवेदीले बताए।
उनले भने,‘तर विद्यार्थी पढाई मात्रै नभएर अन्य अवसरका लागि गएको हो भने विदेशिने क्रम कलेजले मात्र रोक्न सकिन्न।’ समय सुहाउँदो २१औँ शताब्दीको शिक्षा पद्दतिमा भिज्न एमआइटी कलेजका शैक्षिक कार्यक्रम प्रभावकारी हुने सुवेदीको भनाई थियो।
नेपालमा नै अन्तर्राष्ट्रियस्तरको गुणस्तरिय शिक्षा प्रदान गर्नु एमआइटी कलेजको मुख्य उद्देश्य हो। अहिलेको समयलाई सम्बोधन गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उदेश्यले एमआईटी संचालनमा आएको हो।
हाललाई एमआइटीमा बिबिए र एमबीएका शैक्षिक कार्यक्रम संचालन हुनेछन् भने केहि समयमै बिआइटी पनि लन्च हुने बताइएको छ।नेपालमा नै अन्तर्राष्ट्रियस्तरको गुणस्तरिय शिक्षा प्रदान गर्नु एमआइटी कलेजको मुख्य उद्देश्य हो। अहिलेको समयलाई सम्बोधन गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उदेश्यले एमआईटी संचालनमा आएको हो।
सुवेदीले २६ सय २९ जना विद्यार्थीमा गरेको सर्वेक्षणको आधारमा नेपालमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या ३२ प्रतिशत मात्र रहेकाे बताए। अध्यक्ष सुवेदीले भने, ‘हाम्रा विश्वविद्यालयको अव्यवस्थित शैक्षिक क्यालेन्डरका कारण नेपाली शिक्षा प्रति बढ्दो वितृष्णाले विदेश पलायनमा मलजल गरेको छ।’
यस्तै ३० जना नेपाली र २० जना विदेशी विद्यार्थीका लागि विभिन्न अन्तराष्ट्रिय कम्पनिहरुले जागिर सुनिश्चत गर्दै हाल लगानी गरेपछि कमाएर तिर्ने सुविधा रहेको पनि सुवेदीले घोषणा गरे। एमआइटी कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीलाई ‘एजुकेसन लोन’को सुविधा मिलाइएको छ।
कार्यक्रममा बोल्दै प्रा.डा. उपेन्द्रकुमार कोइरालाले नेपाली विश्वविद्यालयको पाठ्यक्रम र अध्यापन उत्कृष्ट छ भन्ने वातावरण बनाउन सके विद्यार्थीहरु विदेशिने क्रम रोकिने बताए। नेपालमा अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट जनशक्ति उत्पादन गर्ने वातावरण बनाउन सबै अग्रसर हुनुपर्ने कोइरालाको भनाई थियो।
यसैगरी कार्यक्रममा पूर्व राजदुत कार्कीले जसले पनि जुनसुकै कार्यक्रमका लागि पाइने, कसैलाई रोकछेक नहुने हुँदा विद्यार्थीहरुले विदेश जाँदा लिने एनओसीको कुनै पनि औचित्य नरहेको बताएका छन्।































प्रतिक्रिया