काठमाडौं ।
कोरोना भाइरस भगाउने जन्तर (भाइरस रिमुभिङ कार्ड) वितरण गर्ने बियोन्ड द वालट्रेडिङ प्रालिले कोरोना जन्तरको आयात आफूले नगरेको स्पष्टिकरण दिएको छ ।
कम्पनीका सञ्चालक विप्लब केसीले आफ्नो नाम जोडिएर आयात गरिएको हल्ला बजारमा आएको तर आफ्नो कम्पनीले विक्री वितरणका लागि मार्केटिङ मात्र गरेको बताए । उनले कुनै अर्को फर्मले आयात गरेको सामानलाई आफूले विक्री वितरण गरेको स्पस्ट पारे । उनले कार्डले मानव स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषयमा आफूलाई कुनै थाहा नभएको र आयातित वस्तु सर्टिफाइड प्राप्त हो कि होइन भन्ने हेरेर मात्रै विक्री वितरण गरिएको बताए ।
उनले भने, ‘म डाक्टर पनि होइन्, म साइन्टिस्ट पनि होइन । म त एउटा व्यापारि हुँ । मलाई यसमा सर्टिफिकेसन के छ यो एफटिए एप्रुभ हो कि होइन भन्ने कुरा मैले सोधें, एउटा के क्लियर हो भने यो बियोन्ड द वल्र्ड ट्रेडिङले आयात गरेको भन्ने कुरा आइराखेको छ । त्यहाँ अलिकत मिसलिड भएको देखेको छु अनि अलिकत कन्फ्युजन पनि भयो होला सायद मैले बोलेका मिडियाहरुमा । मैले सामानहरु आयात गरिएको छैन । यो अर्को पार्टीले गरेको अर्को पार्टी भनेको अर्को फर्म हो । मैले मेरो नाम जोडिएर अहिले सम्म चाइनाबाट केही पनि आयात गरेको छैन ।
अमेरिकी सर्टिफिकेट फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए) र युरोपियन युनियनले दिएको सर्टिफिकेट रेष्ट्रिक्सन अफ ह्याजरेस सबस्ट्राक्सन (आरओएजएस) लगायतका सर्टिफिकेट उपलब्ध भएपछि मात्रै मार्केटिङ गरी विक्री वितरण गरेको केसीले स्पस्ट पारे ।
जन्तरले कोरोना भगाउने नभई स्यानिटाइजरले हात सफा गरे जस्तै हावालाई स्यानिटाइज गर्ने काम गर्ने रहेको समेत केसीले स्पस्ट पारे । उनँले देश बाहिरको बजारमा चलनचल्तिमा आएको वस्तुलाई नेपालीहरुको पहुँचमा समेत होस् भन्ने उद्देश्यले मार्केटिङ गरिएको बताए ।
आयात भइसकेको वस्तु सर्टिफाइड छ भने वितरण गर्न पाइन्छ भन्ने भएर नै बजारमा ल्याइएको उनले स्पस्ट पारे । उनले यो कार्डले मुटु, फोक्सो लगायतमा असर गर्छ भन्ने कुरा बजारमा आएको र त्यो सत्य नभएको बताए । केही हदसम्म असर गर्ने भएपनि मापदण्ड भन्दा माथि नभएको स्पस्ट पारे । उक्त कार्ड ६ सय रुपैयाँमा किनेर ६ सय २५ रुपैयाँदेखि ७ सय रुपैयाँ सम्ममा विक्री गरेको उनले बताए ।
उक्त कार्डमा क्लोरिन डाइअक्साइड, जियोलाइट, ग्यासस्टेन्ट रिलिजड लगायतका केमिकलहरु प्रयोग भएको बताए । बजारमा स्वास्थ्य मन्त्रालयको स्वीकृति बिना विक्री वितरण गरेको भन्ने विषयमा भने केसीले आयात गर्ने बेलामा नरोकेर विक्री वितरण गर्ने बेलामा रोक्न खोज्नु उचित नभएको बताए ।





























प्रतिक्रिया