काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने बताएका छन् ।
शनिबार मन्त्रालयमा आयोजित मन्त्रालय अन्र्तगतको एसएमटी (सिनियर मेनेजमेण्ट टीम) को बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको शुरुवातबाटै मन्त्रालय काममा ‘प्रोएक्टिभ’ भएर लाग्ने बताए ।
मन्त्री भट्टराईले भने–‘अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनवाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाईन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला ।’ आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै मन्त्री भट्टराईले भने–‘तपाईंहरुले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ । उक्त सम्झौता अनुसार काम भए/नभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कार्वाही जे गर्नु पर्ने हो त्यो गरिन्छ ।’
हरेक १ वर्षमा कक्षा चढे जस्तै आफूहरुको पनि एउटा कक्षा चढ्ने बेला आएको उल्लखे गर्दै मन्त्री भट्टराईले भने–‘हामीले राम्रो अंकका साथ कक्षा उत्तीर्ण हुनै पर्छ । चालू वर्षमा सम्पन्न हुन बाँकी काम पनि १५ दिन भित्र गर्नुहोला ।’ बैठकमा मन्त्री भट्टराईले प्रत्येक हप्ता प्रत्येक महाशाखाहरुको कामको रिर्पोटिङ गरिने पनि बताए । साथै, कोभिड–१९ पछि सबै विमानस्थलहरु संचालन गर्ने गरि प्रोटोकलको पूर्वतयारी गर्न, होटल तथा रेष्टुरेष्ट व्यवसाय संचालनका लागि जारी भएको प्रोटोकलको कार्यान्वयन र अनुगमन गर्न पनि सम्बन्धित महाशाखा÷निकाय प्रमुखलाई निर्देशन दिए ।































प्रतिक्रिया