नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानूनमन्त्री धनराज गुरुङलाई जित्नका लागि पितृले भोट हालेको भन्दै व्यंग्य गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले कानून मन्त्रीले बुुथ कब्जा गर्ने अधिकृतलाई न्यायाधीशमा नियुक्त गरेर पुरस्कृत गरेको भन्दै कानूनमन्त्री गुरुङलाई जित्नका लागि पितृले भोट हालेको भन्दै व्यंग्य गरेका हुन् ।
उनले भने, ‘जित्नका लागि ९९ प्रतिशतसम्म मत खसालेर । ९९ प्रतिशत मत खस्छ काहीँ ? दश प्रतिशत मतदाता खाडीमा छन् । केही मान्छेमाथि गए ती पनि मत खसाल्न आए । कति पपुलर हो । पितृले पनि मत खसाले ।बुथ कब्जा गराउने अधिकृतलाई न्यायाधीशमा नियुक्त गरेर पुरस्कृत गरियो । अब ती न्यायाधीशबाट न्याय सम्पादन कस्तो होला । उनको त बानी नै छ । मरेका मान्छेले भोेट हाल्न पाइन्छ भन्ने ।’
अध्यक्ष ओलीले बुथ कब्जा गरेर भएको निर्वाचन धाँधलीरहित भनेर सिफारिस गरेका निर्वाचन अधिकृतलाई न्यायाधीश बनाएको दाबी गरे ।































प्रतिक्रिया