स्थानीय तहका कर्मचारीले आज काठमाडौंमा बृहत् प्रदर्शन गर्ने

स्थानीय तहका कर्मचारीले आज काठमाडौंमा बृहत् प्रदर्शन गर्ने

केन्द्रबिन्दु
0
Shares

आन्दोलनरत स्थानीय तहका कर्मचारीले बुधबार बृहत् प्रदर्शन गर्ने भएका छन्। दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला भएर र्‍यालीसहित नयाँबानेश्वरमा पुगी कोणसभा गर्ने संघर्ष समितिका संयोजक दीपक गौतमले जानकारी दिए। 

करिब ८०० कर्मचारी आजको प्रदर्शनमा सहभागी हुनेछन्। प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कर्मचारी काठमाडौं आइरहेको उनले बताए। ​पूर्वनिर्धारित तालिका अनुसार बिहीबार पनि प्रदर्शन गर्ने र सरकारले माग सुनुवाइ नगरे शुक्रबारदेखि स्थानीय तहका काम ठप्प पार्ने चेतावनी कर्मचारीले दिएका छन्।  

उनीहरूले हिजो कार्यालयमै कालोपट्टी बाँधेर काम गरेका थिए । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा आफूहरूलाई नसमेटेको विरोधमा काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन्। 

Logo