सुपारी निर्यात सहजीकरणका लागि भारत सरकारसँग पहल गर्छौंः मन्त्री रिजाल

सुपारी निर्यात सहजीकरणका लागि भारत सरकारसँग पहल गर्छौंः मन्त्री रिजाल

केन्द्रबिन्दु
0
Shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी  निर्यातका लागि सहजीकरण गर्न भारत सरकारसँग पहल गर्ने बताएका छन् । भारत सरकारलाई पत्र लेखेर सहजीकरण गर्ने विषयमा सरकारले पहल गर्ने उनले बताएका हुन् ।

बुधवार प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सुपारी व्यवसायीहरुसँग छलफल गरेर यसबारेसरकारले निर्णय लिने भन्दै उनले निर्यातका लागि भारत सरकारलाई पत्र लेखेर सहजीकरण गर्ने जनाए ।

उनले भने, ‘भारत भन्सारबाट बारम्बार समस्या आइरहेको छ । उहाँहरुको भनेको नेपालको विग्रेको सुपारीको बजार हो । नेपालका गुट्का उद्योगहरुले १० देखि ३५ रुपैयाँमा बिहारमा सप्लाई गर्छन् । नेपालमा उत्पादित सुपारी गुणस्तरीय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न सक्दैनन् । स्थानीय सुपारीको बजार नेपाल बजार होइन जस्तो बुझेको छु । भारत निर्यातका लागि भारत सरकारसँग सहजीकरणका लागि पत्र लेख्न पनि तयार छौं ।’

मन्त्री रिजालले नेपाल सुपारी खेती विकास संस्थालाई ‘ओरिजिन सर्टिफिकेट’ बनाउन उद्योग वाणिज्य महासंघले नगरी अरुलाई भारतले नचिन्ने बताए । नेपालमा उत्पादित सुपारी गुणस्तरीय रहेकाले नेपालमा भन्दा पनि सुपारीको बजार भारत नै भएको उनको भनाई छ ।

उनले भने, ‘नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिन सर्टिफिकेट बनाउन उद्योग वाणिज्य महासंघले नगरी अरुलाई भारतले चिन्दैन । नेपालमा उत्पादित सुपारी गुणस्तरीय छ । त्यसको बजार भनेको भारत नै हो ।’

Skip This
Skip This
Logo