एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को सन्दर्भमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ । उक्त अन्तर्क्रिया कार्यक्रम सिराईचुली होटल, भरतपुरमा सम्पन्न भएकाे हो ।
नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि सानु खड्काको समेत उपस्थिति रहेको थियो । विश्व लगानीकर्ता सप्ताह २०२३ एक हप्ता लामो आई.ओ.एस.सिओद्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्त्व बारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रिकृत गर्दछ ।
कार्यक्रमको मुख्य वक्ता एनआईएमबी एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुंगाना थिए भने अन्तर्क्रिया सत्रलाई कर्पोरेट एडभाइजरी विभाग प्रमुख भुवनराज पन्त र पीएमएस प्रमुख सृष्टि शाहले संचालन गरेका थिए । अन्तर्क्रिया मुख्यतया ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को मुख्य विषयवस्तुमा केन्द्रित थियो ।
कार्यक्रममा लगानीकर्ता सप्ताह २०२३ को मुख्य विषयवस्तुसँग नेपाली सेयर बजारका विभिन्न पक्षहरुको सम्वन्धका बारेमा पनि छलफल गरिएको थियो । उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो ।
महाप्रबन्धक ढुंगानाले कार्यक्रममा सहभागीहरुको जिज्ञासा समाधान गर्नुका साथै आगामी दिनमा पनि यस्तै अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैमा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को सफलताको शुभकामना समेत व्यक्त गरे ।





























प्रतिक्रिया