अध्यक्ष ओलीले भने- ‘एमाले कार्यकर्ता र अरु दसैं मनाउन घर फर्किनुमा फरक हुनुपर्छ’

अध्यक्ष ओलीले भने- ‘एमाले कार्यकर्ता र अरु दसैं मनाउन घर फर्किनुमा फरक हुनुपर्छ’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसैंमा घर फर्किने हरेक कार्यकर्तालाई पार्टीको अभियान लिएर फर्किन निर्देशन दिएका छन् । 

आज दसैं, तिहार र छठपर्वको अवसरमा नेकपा एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले अरु र एमालेका कार्यकर्ता दसैं मनाउन घर फर्किँदा फरक उद्देश्य हुनुपर्ने बताएका हुन् । 

‘एमाले घर फर्किएको र अरु दसैं मनाउन घर जानुमा फरक हुनुपर्छ । हामी यति बेला पनि भ्रमको तुँवालो हटाउने कसरी, सत्यको दियो जलाउने कसरी, नपुगेका स्थानमा प्रकाश पुर्याउने कसरी, असंगठित मानिसलाई संगठित गर्ने कसरी, यो चाडलाई बत्तिको चाड भनिन्छ, यो चाडमा दियो मात्रै होईन चतनाको दियो भने बाल्ने चाडको रुपमा परिनत गर्न थोरै भएपनि प्रयास गरौं ।’ उनले भने ‘तास खेलेर समय बर्बाद किन गर्छन् मलाई थहा छैन, यसरी समयको बरबाद नगरौं, जुवातास नखेलौं । चाडपर्वको समयमा नराम्रो काम किन गर्नु, राम्रा राम्रा काम गरौं, सामाजिक सद्भावका कुराहरु गरौं ।’ 

अध्यक्ष ओलीले विरोधीले सत्य सुन्नै नचाहेको भन्दै सत्य उजागर गर्नु पार्टीका कार्यकर्ताको दायित्व भएको बताए । ‘विरोधीलाई सत्य सुन्नै हुँदैन, सुन्यो भने कस्तो निन्द्रा नलागेको होला । समाज ठिक ठाँउमा लानको लागि राजनीति आवश्यक छ, तर राजनीतिको जुन उद्देश्य हो जनताको, देशको र मानव जातिको सेवा र सत्य तथ्यको निष्ठा त्यो कुरा राजनीतिमा हुनुपर्छ । कोही कोही इमान्दार हुन्छन्, कोही कोही हुदैँनन् । त्यो नछुट्याईकन सबै बेइमान हो भनेर भन्न मिल्दैँन् । समाजलाई हानी पु¥याउँने काम नगरौं, यसले आफ्नै प्रतिष्ठानलाई हानि हुन्छ ।’ उनले भने ।

Skip This
Skip This
Logo